आगामी तीन दिनको मौसम पूर्वानुमान, भारी वर्षाको सम्भावना
काठमाण्डौ – आज देशभर आंशिकदेखि सामान्य बदली रहेको र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालको तराई भूभाग दक्षिणतिर अवस्थित मनसुनको न्यून चापीय रेखा बिस्तारै नेपालतर्फ सर्दै छ । केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
१९ साउन (आइतबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।रातिः देशभर आंशिकदेखि सामान्य बदली रही देशको मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
२० साउन (सोमबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
२१ साउन (मंगलबार)
दिउँसो देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ साथै बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रासस