वर्षाका कारण पहिरो खस्दा बैतोडीमा महाकाली राजमार्ग अवरुद्ध
काठमाण्डौ २१ साउन । वर्षाका कारण पहिरो खस्दा बैतोडीमा महाकाली राजमार्ग अवरुद्ध बनेको छ। महाकाली राजमार्गको सतँबाझ–गोकुलेश्वर सडकखण्डअन्तर्गत डिलाशैनी गाउँपालिका–६ बांगाबगरमा पहिरो खस्दा मंगलबार बिहान देखि राजमार्ग अवरुद्ध बनेको हो ।
पहिरोले सवारी साधन आवतजावत पूर्ण रुपमा रोकिएको सवारी चालक शेरसिंह कार्कीले जानकारी दिएकाछन।
धनगढीबाट दार्चुलाका लागि जान लागेको राजमार्ग अवरुद्ध हुँदा बीचबाटोमै रोकिएको चालक कार्की बताएहुन्छ । सडकमाथि ठूलो पहिरो खसेकाले राजमार्ग सञ्चालनमा लाग्ने बताइएको छ।
सडक अवरुद्ध भएर हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन्। भारी वर्षा भइरहेकाले पहिरो तत्तकाल पन्छाउन नसकिने बैतडीका प्रहरी प्रवक्ता दीपक पातलीले जान्कारी दिनु भयो ।