रविसहित तीनै अभियुक्तको थुनछेक बहस सकिएसँगै आजै निर्णय सुनाउने
काठमाण्डौ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को मुद्दामा चितवन जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै सोमबारै साँझ यस मुद्दामा जिल्ला अदालत चितवनले निर्णय सुनाउने भएको छ। सरकारबाट जना सरकारी वकिलले सोमबार बहस गरेका थिए। यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापाले यसमा बहस गरेका थिए।।
चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमनी गिरिका अनुसार तीनैजनाविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दामा अदालतमा बहस सकिएपछि निर्णय दिन बाँकी छ। बहस सकिएपछि जिल्ला अदालतले उनीहरुलाई रिहा गर्न वा कारागार चलान गर्न आदेश दिने भएको छ। जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसमा ८ जना वकिलहरुले नाम टिपाएको जिल्ला अदालतले जानकारी दिएको छ ।