कञ्चनपुरमा जनप्रतिनिधीहरले मनोमानी गरेको भन्दै कांग्रेसद्धरा एक वडा कार्यालयमा तालाबन्दी
काठमाण्डौ २० साउन। कंचनपुरमा कार्य सम्पादन र योजना छनौटमा मनोमानी गरेको भन्दै नेपाली कांग्रेसले कृष्णपुर नगरपालिका वडा नम्बर ९ को कार्यालयमा तालाबन्दी गरेको छ । कार्य सम्पादन र योजना बिषयलाई लिएर वडा नम्बर ९ को कार्यालयमा आईतबार नेपाली कांग्रेस वडा कार्य समितिले तालाबन्दी गरेको हो । वडा सभापती घनश्याम जोशीले कार्य सम्पादन र योजना छनौटमा मनोमानी गरिएपछि तालाबन्दी गरिएको बताएका छन ।
वडा नम्बर ९ को कार्यालयले गत आर्थिक वर्ष २०७५९०७६ मा सडक ग्रावेल, कल्र्भड लगायतका योजना तर्जुमा गर्दा मनोमानी गर्दै बजेट खर्च गरिएको कांग्रेस वडा कार्य समितिले आपति जनाएको छ । यस्तै चालु आर्थिक वर्ष २०७६९०७७ मा पनि योजना छनौटमा गर्दा मनोमानी गरिएका कारण तालाबन्दी गरिएको समेत कांग्रेसको भनाई छ । वडाले गत वर्षका योजनाको सार्वजनिक सुनवाई नगरेको, स्थानीय क्षेत्र परिचालन निर्देशिकामा भएका प्रावधान कार्यान्वयन नभएको र प्राथमिकता नभई पहुँचका आधारमा योजना छनौट गरिएको आरोप समेत लागेको छ। नेपाली कांग्रेसबाट वडा अध्यक्षमा चुनाव लडेका कैलाश बहादुर बलयारले आफन्त र नातागोतालाई उपभोक्ता समितिमा राख्दै आर्थिक अनियमितता गरिएको आरोप लगाएका छन ।
आफूहरुले सार्वजनिक सुनवाई र न्यायोचित ढंगबाट योजना छनौट गरिनुपर्ने माग गरेको बलायले बताए। साउन २ गते कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालसंग वडा अध्यक्षको कार्यशैलीका विषयमा छलफल भएपनि त्यस यता उनले समय नै उपलब्ध गराउन छोडेको दावी गरिएको छ।
मेयर हमालले समेत वेवास्ता गरेपछि वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको स्थानीय युवा लेखराज जोशीले बताए। यता मेयर हमालले भने आफू जिल्ला बाहिर रहेकाले फर्केपछि उक्त विषयमा सम्बन्धीत पक्षसंग छलफल गर्ने प्रतिक्रिया दिएका छन्।