विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा विष्फोट
झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ ।
तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित नगरपालिकाको भवनमा बिहान चार बजेतिर विष्फोट भएको हो ।
स्थानीयका अनुसार बिहान चार बजेर २० मिनेट जाँदा ठूलो आवाजका साथ बम विष्फोट भएको थियो । विष्फोटबाट कार्यालयका झ्यालका सिसा फुटेका छन् भने भवनमा पनि क्षति पुगेको प्रहरी नायब उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले बताए।
चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
विष्फोट जिम्मा कसैले लिएको छैन । तर पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टीले स्थानीय तहका भवन र सवारीसाधनमा आगजनी र विष्फोट गराउँदै आएको छ ।
sholapatr