सुदूरपश्चिममा गौरा एकादशी मनाइँदै
काठमाण्डौ २६ साउन । सुदूरपश्चिमेलीहरुको महान्चाड पर्व गौरा अन्तर्गत आज गौरा एकादशी हिन्दु घर्मालम्बी हरुले मनाइँदैछ । गौरामाम उपसना गरेर दुवधागो धारण गर्ने महिलाहरुले व्रत उपसना गर्नु पर्ने मान्यता रहदै आएको छ ।
गौरापर्वको व्रत लिने महिलाहरुका लागि आज व्रत बसेर शिवपार्वतीको पूजा गर्ने चलन छ । गौरा एकादशीको व्रत उपासकले मात्रै गौरामा व्रत लिन पाउने मान्यता भएकाले नयाँ व्रतालुहरुले समेत आज उपासना गर्ने प्रचलन छ ।
भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उजेली र भाद्र कृष्ण पक्षमा पर्ने गौरालाई अनेरी गौरा भनिन्छ । गौरा पर्व अगामी भदौ ६ मा रहेको छ। पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ ।
सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ। यस पर्वको महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धुन्छन्। सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने चलन छ ।
गौरा भित्र्याएर पुजाअर्चना गरी महिलाहरुले दुवधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो गौरा मनाउने स्थलमा फाग गाएर पूजाआजा गर्छन् । साँझ अभिषेक गरेर दुवधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहित बताउँछन् ।godawri