डडेल्धुरा जिल्ला प्रहरी कार्यालयमा डेढ महिना देखि प्रहरी प्रमुख विहीन
काठमाण्डौ २० साउन । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा डेढ महिनादेखि प्रहरी प्रमुख विहिन रहेको छ । डडेल्धुरा प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसी बिरामी बिदासँगै काजमा काठमाडौं गएपछि डडेल्धुरा प्रहरी प्रमुख विहीन भएको हो ।
प्रहरी प्रमुख केसी जटील खालको अप्रेशन भएपछि काठमाण्डौ काज मिलाएको डडेल्धुराका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिन’ भयो । उनी काठमान्ण्डौ आएपछि डेढ महिना बितिसक्दा समेत प्रहरी विभागले नयाँ अथवा दरवन्दी भएकै डिएसपीलाई नपाठए पछि प्रहरी कार्यालय प्रमुख बिहिन भएको हो।
अपराध अनुसन्धान लगायतको कामको लागि प्रमुख नीति अनुसार चल्नु पर्ने भएपनि प्रमुख नहुँदा अपराध अनुसन्धान लगायत, तस्करी, लागुऔषध नियन्त्रणको काम भने सुस्त हुँदै गएको स्थानीयहरूको आरोप समेत छ । प्रहरी प्रमुख हुँदा अभियानकै रुपमा यस्ता कामहरू अगाडि बढाइन्छ तर अहिले प्रमुख नहुँदा ती कामकाज भने व्यवस्थित रुपमा संचालन हुन नसकेर सुस्त हुन पगेको स्थानीयको भनार्इ रहेको छ ।