तनहुँमा विप्लव समूहको अखिल क्रान्तिकारी अध्यक्ष रुचाल पक्राउ
काठमाण्डौ ९ भदौ । तनहुँमा नेकपा माओवादी नेत्रविक्रम चन्द विप्लव समूहको भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठननहुँकी अध्यक्ष एवं पार्टीको जिल्ला सदस्य ममता रुचाललाई प्रहरीले आइतबार साझ पक्राउ गरेको छ। प्रहरीले व्यास नगरपालिका–११ बाट रुचाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। तनहुँबाट प्रहरीले हालसम्म सोह्र जना विप्लवका कार्यकर्ता पक्राउ गरिसकेको उनले बताए।
पक्राउ परेकी रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामत गरिएको प्रहरीले जनाएको छ। रुचाल प्रहरीको निगरानीमा परेसँगै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। thakhabtr