खोलामा डुबेर एक बालकको मृत्यु
काठमाडौं : खोलामा नुहाउनेक्रममा डुबेर सिन्धुलीमा एक बालकको मृत्यु भएको छ। शनिवार साँझ कमलामाई नगरपालिका –४ स्थित लब्दाहा खोलामा नुहाउने क्रममा अचानक डुबेर जिल्लाकै फिक्कल गाउपालिका –५ सोल्पाका सुरेश श्रेष्ठका १० वर्षीय छोरा जेनिश श्रेष्ठको मृत्यु भएको हो। फिक्कल गाउपालिका –५ सोल्पाका सुरेश श्रेष्ठ कमलामाई नगरपालिका – ४ मिलनचोकमा कोठाभाडामा लिएर बस्दै आएका थिए।
खोलामा डुबेका श्रेष्ठलाई स्थानियले बेहोस अवस्थामा निकाली प्रहरीलाई खबर गरेर उपचारका लागि सिन्धुली अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले बताए। घटनाबारे थप अनसन्धान भईरहेको उनले बताए। मृतक बालक कमलामाई नगरपालिका –४ स्थित फोस्रेटार माध्यमिक विद्यालयमा कक्षा दुईमा अध्ययनरत थिए।