धनगढीमा रहेको एनसेल टावरमा अज्ञात समुहलेआगजनी
काठमाण्डौ १६ साउन । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ जालीमा रहेको एनसेल टावरमा गएराति अज्ञात समुहले आगजनी गरेका छन । अगाजनीबाट एनसेलको नेटवर्क सञ्चलानका लागि बिजुली आपुर्ति गर्न राखिएका ब्याट्रीहरुमा क्षति पुगेको जनायको छ ।अगाजनी कसले गरेको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपी प्रहरीको शंका भने नेत्रबिक्रम चन्द बिप्लब नेतृत्वको नेकपाका कार्यकर्ता तर्फ छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले कैलालीक बिभिन्न स्थानमा भइरहेका घटनाहरुको प्रकृति हेर्दा र केही समयपछि तयसको जिम्मेवारी लिने गरिरहेकोले जालीको एनसेल टावरमा पनि बिप्वबकै कार्यकर्ताले आगजनी गरेको प्रहरीको आंशका रहेको बताएका छन् ।
उनले गए राति १२ बजेको समयमा आगजनी भएको बताए । टावर राखिएको क्षेत्रको मुल गेटको ताला तोडेर भित्र प्रवेश गरी आगो लगाइएको डिएसपी बस्नेतले बताए।