धनगढीमा बिप्लव समुहका १ जना कार्यकर्ता अस्पताल परिसरबाटै पक्राउ
काठमाण्डौ २१ साउन । धनगढीमा नेत्रविक्रम चन्द विप्लव नेतित्वको नेकपा समुहका १ जना कार्यकर्ता पक्राउ परेका छन्। धनगढी बम विस्फोटमा घाइते विप्लव कार्यकर्ता लक्ष्मण सरेलालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ गरेको छ। घाईते भएका सेरेलालाई उपचारपछि माया मेट्रो अस्पतालले डिस्चार्ज गरे लगतै वडा प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो। उपचारपछि सरेला ह्विलचियरमा बसेर घर फर्कन लागेका थिए । लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। कैलाली जिल्ला प्रहरी कार्यालयले घाइते सरेला विस्फोटमा संलग्न भएकाले अस्पतालबाट डिस्चार्ज भएलगत्तै नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय धनगढी प्रमुख प्रहरी निरिक्षक पुष्करराज पन्तले जानकारी दिन' भयो। धनगढी उपमहानगरपालिका–३, सहीदगेट नजिकै गत साउन २ गतेमा विप्लव कार्यकर्ताहरुले आफैंले बोकेको शक्तिशाली बम विस्फोट भई एक जना कार्यकर्ता राम सिंहको मृत्यु समेत भएको थियो भने सरेला सहित अन्य ४ जना घाइते भएका थिए। घाइते सरेला प्रहरीको निगरानीमै उपचार भईरहेको थियो। उपचार पछि उनलाई आज नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।