बिहीबार साँझ भएको बम विस्फोटको जिम्मा विप्लव समूहलेलिदै विज्ञप्ति
काठमाण्डौ ३ श्रावण । कैलालीको धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ शक्तिशााली विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाले लिएको छ । विप्लव समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले शुक्रबार दिउँसो निर्माणको नामबाट प्रेश विज्ञप्ति जारी गर्दै पार्टीको बम विस्फोटको जिम्मा लिएको हो । 
विप्लव नेकपालेको विज्ञप्तिमा कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बम विस्फोट भएको लेखिएको छ । पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको र अन्य चार जना घाइते भएको समेतख स्वीकारिएको छ ।विस्फोटमाघाइते हुनेमा मोबिन खान, जितेन्द्र यादव, लक्ष्मण सेरला र होटल सञ्चालक केशवराज पाण्डे को माया मेट्रो अस्पतालमा उपचार भई रहेकोछ। उनीहरु मध्ये सेरलालाई मात्र विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छभने जारी विज्ञप्तिमा उनीहरुको बारेमा उल्लेख गरिएको छैन ।
उत्त विज्ञप्तिमा लेखिएको छ, विस्फोटमा परी घाइते हुनुभएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं ।, ‘घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’, घटनाको मुलकारण ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भएको पनि समूहले दाबी गरेको छ ।बिहीबार साँझ भएको विस्फोटमा परी नेकपाका कार्यकर्ता रामबहादुर सिंहको मृत्यु भएको छ भने अर्का कार्यकर्ता लक्ष्मण सेराला गम्भीर घाइते भएका छन् । उनको अझै होस खुल्न सकेको छैन ।
विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको प्रहरीले जनाएको छन ।