नेपाली कांग्रेस बैठकमा नियमावलीमाथि छलफल
काठमाण्डौ २९ असार । नेपाली कांग्रेसकौ केन्द्रीय समिति बैठक सानेपामा आज जारी छ । केन्द्रीय समिति बैठक नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भईरहेको सौ पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएकाछन ।
कांग्रेस पार्टीको आसन्न महाधिवेशनलगायतका विषयमा पनि छलफल हुने बताइएकौ छ ै। तर, प्रवक्ता शर्माका अनुसार बैठक नियमावली संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा मात्रै केन्द्रित ह’ने छ । उनले सो एजेन्डा पारित भएपछि मात्रै अन्य १३ वटा एजेन्डामा छलफल सुरु हुने बताएका छन ।
पार्टीको बैठकमा केन्द्रीय सदस्यहरुले भ्रातृ संगठनहरुलाई नियन्त्रणमा राख्ने गरी नियमावलीमा प्रावधान आएको भन्दै आपत्ति जनाएका छन । प्रवक्ता शर्माले बैठकमा केन्द्रीय सदस्यहरु बद्री पाण्डे, शिव हुँमागाई, वीरबहादुर बलायरलगायतका नेताहरुले नियमावलीका विषयमा केन्द्रित भएर आफ्नो धारणा राखेका जानकारी दिएकाछन ।
असार २२ गतेबाट सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नवीकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समीक्षा, केन्द्रीय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने जनाएको छ ।