मकवानपुरमा कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ
कठमाण्डौ ५ श्रावण । मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएपछी मकवानपुरको मनहरी गाउँपालिका १ ढुङ्गेनका कुमार स्याङतान कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । उनलाई पेस्तोल, पेस्तोलमा लाग्ने गोलीको खोका, जंगी गोली ५ राउण्ड र ३५ किलो गाँजासहित मनहरी गाउँपालिका ९ रजैया राप्ती खोलाबाट आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाँजा लैजाँदै गरेको समूहका ४=५ जनामध्ये स्याङतानले प्रहरीलाई गोली हानेको सो क्रममा गाँजा उत्त गोली लागेर नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक घाइते समेत भएका थिए प्रहरीले समेत जवाफी कारबाही गरी स्याङतानलाई पक्राउ गरेको जनाइएको छ । फरार रहेका अन्य व्यक्तिको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।सो क्रममा गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक घाइते समेत भएका छन् । गाँजा तस्करका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न खोजदा स समूहबीच गोली हानाहान भएको हो ।
प्रहरीले उनको नाम खुलाएको छैन । प्रहरीले घटनाबारे थप जानकारी गराउँन २ बजे पत्रकार सम्मेलनमार्फत जानकारी दिने मकवानपुरका प्रहरी उपरीक्षक ए ।स।पी मुकेश कुमार सिंहले जानकारी दिकाछन ।