डडेल्धुराको अजयमेरु गाउँपालिकाले अजयमेरुमा अगरबती बनाउने तालिम
काठमान्डौ १७ डडेल्धुराको अजयमेरु गाउँपालिकाले ७ दिने तालिम मङगलबार सम्पन्न गरेको छ । गाउँपालिकाको सदमुकाम भद्रपुरमा ७ दिने सम्म संञ्चालीत तालिममा स्थानियले नै अगरबती बनाउन सकेका छन् ।
प्रत्येक वडाबाट सहभागी रहेको तालिममा व्यवसायी रुपमा अगरबती उघोगकै रुपमा संञ्चालन गर्ने सिप हस्तातरण तालिमको आयोजना गरीए हो। अजयमेरु गाउँपालिकाको आर्थिक सहयोग र अपाङ्ग कल्याण विकास समितीको आयोजनामा तालिमको आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत खेमराज पौडेलले बताए ।
७ दिने तालिमको समापनमा गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी कलावती भाँणले सिकेको सिपलाई कार्यान्वयमा लैजान तथा ब्यवसायीक रुपमा अगरवती उद्योग नै सञ्चालन गर्ने सहभागीलाई सुझाव दिएकी थिइन् ।