पोखरामा बसपार्क निर्माणका लागि संरचना हटाइयो, सुकुमवासी व्यवस्थापन बाँकी
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा रहेका व्यापारिक संरचना हटाएर साइट खाली गरेको छ। बास्तोला कम्प्लेक्स र पेट्रोलपम्प लाइनका सटर तथा कबलहरू हटाइएपछि क्षेत्र सफा गरिएको छ।
तर बसपार्क क्षेत्रमा रहेका करिब ५७२ घरधुरी सुकुमवासी बस्ती भने अझै हटाइएको छैन। महानगरले उनीहरूको विवरण जाँच र अन्यत्र व्यवस्थापनपछि मात्र स्थानान्तरण गर्ने जनाएको छ।
महानगर प्रमुख धनराज आचार्यले सुकुमवासीलाई व्यवस्थापन नगरी हटाइने छैन भन्दै प्रक्रिया पूरा भएपछि मात्र स्थानान्तरण गरिने बताएका छन्। सुकुमवासी पक्षले पनि विकल्प उपलब्ध भए स्थान छोड्न तयार रहेको बताएका छन्।