देशभरी अबिरल बर्षा ,बाढी र पहिरोकारण ४५ जनाको मृत्यु, १० हजार ३६५ घरधुरी विस्थापित
काठमाडौं २९ असार । अबिरल बर्ष र बाढी पहिरोको कारण देशभरमा ४५ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रका अनुसार हालसम्म ४५ जनाको मृत्यु भएको र २२ जना बेपत्ता भएको र २९ जना घाइते भएको जनएको छ । सबै भन्दा धेरै मृत्यु हुनेमा ललितपुर जिल्लामारकाछन । ललितपुरमा ७ जनाको ज्यान गएको छ। यस्तै भोजपुरमा पनि ५ जनाको मृत्यु भएको छ भने ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। 
त्यस्तै खोटाङ, काठमाडौं मकवानपुरमा ३/३ जनाको मृत्यु भएको छ। उता मोरङ, बारा, सिन्धुली, झापा र धादिङमा २/२ जनाको ज्यान गएको छ। तस्तै इलाम, सप्तरी महोत्तरी, सर्लाही, रौतहट, पर्सा, पाँचथर, रामेछाप,पाल्पा, डोल्पा र दाङमा १/१ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा १० हजार ३ सय ८५ घरधुरी विस्थापित भएको केन्द्रको तथ्यांक ले जाएको छ ।
सबैभन्दा धेरै बिस्थापित हुनेमा सिरहामा ५ हजार सर्लाहीमा ३ हजार बारामा १६६५ मोरङमा ४००, तस्तै रौतहटमा २०० घरधुरी र पर्सामा १२० घरघुरी बिस्थापित भएका छन्।