सुदूरपश्चिममा नेकपाले ९ जिल्लाकै इन्चार्ज र सह इन्चार्जको टुंगो लगायो
काठमाण्डौ ६ श्रावण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । आईतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो । कैलाली जिल्ला ईन्चार्जको जिम्मेवारी रुपा चौधरीलाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी झपट बहादुर रावल, लिला कुमारी भण्डारी ,मदन कुमारी शाह, नारदमुनी राना, बीरमान चौधरी, महेश्वर पाठक, र हरीनारायण चौधरीलाई दिइएको छ ।
त्यस्तै कञ्चनपुरमा विक्रम शाहीलाई ईन्चार्जको जिम्मेवारी दिईएको छ भने सह ईन्चार्जको जिम्मेवारी निरुदेबि पाल, राजेन्द्र रावल, देबीलाल चौधरी, राम कुमार ज्ञवाली र लाल बहादुर बिश्वकर्मालाई दिइएको छ । डडेल्धुरामा इन्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी निरा देबि जैरुलाई दिइएको छ । डोटीमा इन्चार्जको जिम्मेवारी प्रम बहादुर आलेलाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी गौरी ओलीलाई दिइएको छ । बझाङमा इन्चार्जको जिम्मेवारी भैरब बहादुर सिंहलाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी देबराज रेग्मीलाई दिइएको छ ।
अछाममा इन्चार्जको जिम्मेवारी तारामान स्वारलाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी शरदसिह भण्डारीलाई दिइएको छ । त्यस्तै बाजुरामा इन्चार्जको जिम्मेवारी लाल बहादुर थापालाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी प्रकाश बहादुर शाहलाई दिइएको छ । बैतडीमा इन्चार्जको जिम्मेवारी नरेन्द्र बहादुर कुवरलाई दिइएको छ भने सहइन्चार्जको जिम्मेवारी पुरन सिंह दयाल र रेणु चन्दलाई दिइएको नेकपा सचिवालयले जानकारी दिएको छ । यसैगरी दार्चुलामा इन्चार्जको जिम्मेवारी गणेश ठगुन्नालाई दिइएको छ ।