जङगली बदेलले मकैबाली नष्ट गर्दा पन्चेश्वरका स्थानीय किसानहरु चिन्तित।
बैतडी १४ श्रावण । बैतडीमा जङगली बदेलहरुले लगाएको मकैबाली सखाब पारेको छ । जिल्लाको तल्लो स्वराडमा पन्चेश्वर गाउपालिका केहि भेगमा लगाएको मकै बाली सखाब परेपाछि स्थानीय किसानहरु निराशाजनक भएका छन।केहिदिन यता पन्चेश्वर गाउपालिकाका केही वडाहरुमा जङगली बदेलले आतङक फैलाएपछी किसान हरु चिन्तित भएका हुन।
आफुले गोडनेल,मेहनत गरेर लगाएको मकैबाली जङगली बदेलहरुले रातीको समयमा आएर सखाप पार्ने गरेको पन्चेश्वर ३ सकराका स्थानीय किसान जनक साउदले जानकारी दिएका छन।
पन्चेश्वर गाउपालिका का ६ वटै वडाहरुका बिभिन्न बस्तीहरुमा जङगली बदेलहरुले लगाएको मकैबाली नष्ट गर्न थालेपछी स्थानियहरु निरास का साथै त्रसित भएका छन।