मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान, प्रहरीका असई घाइते
कठमाण्डौ ५ श्रावण । मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा गाँजा तस्कर समूहले प्रहरीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको हो ।
सो क्रममा गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक घाइते समेत भएका छन् । गाँजा तस्करका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न खोजदा स समूहबीच गोली हानाहान भएको हो ।
प्रहरीले उनको नाम खुलाएको छैन । प्रहरीले घटनाबारे थप जानकारी गराउँन २ बजे पत्रकार सम्मेलनमार्फत जानकारी दिने मकवानपुरका प्रहरी उपरीक्षक ए .स.पी मुकेश कुमार सिंहले जानकारी दिकाछन ।