२० करोडको लगानीमा सुविधा सम्पन्न सिनेमा हल सुदूरपश्चिममा
कठमाण्डौ ५ श्रावण । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ। केही वर्षदेखि बन्द रहेको चन्दन टाकिजमै नयाँ प्रविधि र स्तरीय सेवासहित एसटीएस सिनेमा हल सञ्चालनमा आएको हो।
स्तरीय सिनेमा हल सञ्चालनमा झण्डै २० करोड बढी खर्च गरी ल्याइएको हो। काठमाडौं पछिको दोश्रो उच्च प्रविधि भएको एसटीएस सिनेमा हलले यस क्षेत्रका दर्शकहरूको मन जित्न सफल हुने अन’मानजद गरिएको छ छ।
सुदूरपश्चिममा यसअघि एउटा पनि स्तरीय सिनेमा हल नभएकाले सिनेमाका पारखीहरू चलचित्र हेर्नबाट बञ्चित हुँदै आएका थिए। स्तरीय हल नहुँदा चलचित्र हेर्नकै लागि नेपालगञ्ज पुग्ने थियो।
प्रदेशमा रहेका दर्शक पाएन भनेर अधिकांश सिनेमा हल बन्द अवस्थामा छन् भने सञ्चालनमा रहेका अन्य हल पनि अस्तव्यस्त छन्। काठमाडौं र दिल्लीमा रहेका सिनेमा हलमा पाईने सेवा सुविधा सिनेमा हेर्ने दर्शकहरूले सुदुरपश्चिम प्रदेशमा पाउनसकिने सिनेमा हलका व्यवस्थापक अभय सिंहले बताएका छन ।