भोजपुर भिडन्तको सांसदहरुले मागे गृहमन्त्रीसँग जवाफ
काठमाडौं । भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको विषयमा संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रश्वन उठेको छ।
कांग्रेस सांसद डा डिला संग्रौला पन्तले घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण राख्न माग गरेकी छिन उनले भने यो संवेदनशील विषय हो। सुरक्षा व्यवस्था के भइरहेको छ भोजपुरमा भिडन्त भयो र मान्छेको मृत्यु भएको कुरा उठेको छ, वास्तविकता के हो ? समितिमा गृहमन्त्री थापा, गृहसचिव प्रेम राई, प्रहरी महानिरीक्षक खनाललगायत सुरक्षा अधिकारीको उपस्थिति छ।
समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको छ। बुधबार आज बिहान भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द विप्लव ।
मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान भर्ई दुई जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिएका छन ।