डोटीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु
डोटी: डोटीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिखर नगरपालिका–२ कालागाडका रामबहादुर कार्कीकी श्रीमती ४२ वर्षीया जमुनादेवी काकी रहेकी छन्।
बुधबार बिहान ९ बजेतिर खेतमा काम गर्न जाने क्रममा सर्पले टोक्दा उनको उपचारका लागि सवा ११ बजेतिर सुजङ्ग अस्पताल राजपुरमा पुर्याइएको थियो।
त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटरमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार गराउने क्रममा डेढ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।
प्रहरी मुचुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरिक्षक सुरेन्द्र बमको टोली मृत्यु भएको स्थलतर्फ गइसकेको जनाइएको छ।