जुम्लामा विप्लव समूहका सेक्रेटरीसहित दुईजना पक्राउ
कठमाण्डौ ६ श्राबवण । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्य जुम्लाको टोलीले शाही र युवा संगठनका कर्णाली ब्युरो ईन्चार्ज बखतबहादुर बिष्टलाई हिम गाउँपालिकाको धाँचुगाउबाट सुतेकै अवस्थामा बिहान चार बजे नियन्त्रणमा लिएको थियो ।
नेकपाका सेक्रेटरी शाही र बिष्ट धाँचु गाउँमा आएको जानकारीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी सिताराम रिजालले जानकारी दिएकाछन ।सेक्रेटरी शाही लामो समयदेखि भूमिगत अवस्थामा थिए । युवा अभियान सञ्चालन गर्न उनीहरू गाउँतिर झरेका बताइएको छ ।