नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी काठमाडौं जिल्ला सेक्रेटरी पक्राउ
काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी काठमाडौं जिल्ला सेक्रेटरी धीरेन्द्राकुमारी उपाध्याय 'भृकुटी' लाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको छ । कालिकोट घर भएकी उनलाई प्रहरीको टोलीले उपाध्यायलाई मंगलबार दिउँसो बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो। उपाध्याय विप्लव समूहनिकट अखिल नेपाल महिला संघकी महासचिव समेत हुन्। उनी कालिकोटबाट संविधानसभा सदस्य पनि चयन भएकी थियन्।
‘हामीले विप्लव समूहकी काठमाडौं जिल्ला सेक्रेटरीलाई पक्राउ गरेका छौँ’, प्रहरी स्रोतले भन्यो, ‘उनीमाथि विस्तृत अनुसन्धान भइरहेको छ। थप कुरा विस्तारै खुल्नेछ।’ प्रहरीले यसअघि राजधानीको काँडाघारीबाट विप्लका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको थिायो। उनलाई हाल ललितपुरको नख्खु जेलमा राखिएको छ ।