रौतहटमा २० वर्षीया युवती बलात्कृत आरोपमा प्रहरी असई पक्राउ
कठमाण्डौ ३ श्रावण । रौतहट मायुवती बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक ९असई० पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले २० वर्षीया युवती बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक राजेन्द्र साह पक्राउ परेको हुन। पीडित युवतीकी दिदीको जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कवित कटवालले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक साहले गत असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसमा युवतीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ छ ।
पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबरजस्तिकरणी गरेको आरोपमा अनुसन्धान अघि बढाइएको डिएसपी कटवालले जानकारी दिएका छन ।
रासस