काठमाडौंको मुलपानीमा गएको पहिरोमा पुरिएका तीन जनाकै शव फेला,
काठमाडौं २७ असार । काठमाडौंमा अबिरल वर्षाका कारण मुलपानीमा गएको पहिरोमा पुरिएका तीन जनाकै शव फेला परेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कागेश्वरी मनोहरा वडा नम्बर ६ स्थित टहरोमा बसिरहेका तीन जनाको शव पहिरोबाट निकालिएको बताएको छ ।
शुक्रबार दिउँसो माथिबाट खसेको पहिरोले टहरो पुर्दा उनीहरु हराइरहेका ह’न । मृत्यु हुनेमा ३० वर्षीया नीतु यादव, ३५ वर्षीया शर्मिला यादव र उनका छोरा १० वर्षीय कुन्दन यादव रहेको परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दियका छन ।
उनीहरु बारा जिल्लाका हुन्। टहरोमा डेरा बसिरहेका बेला । पहिरोले टहरो पुरेपछि हराइरहेका उनीहरुलाई एक्साभेटरको सहायताले खोजिएको थियो।
‘पहिरो हटाउँदा तिनै जनाको शव भेटिएको हो,’ बोगटीले सेतोपाटीसँग भने।बोगटीका अनुसार काठमाडौंका अधिकांश खोलाहरुमा पानीको सतह बढेकाले छेउछाउ नबस्न अनुरोध गरिएको छ। ‘खोला छेउछाउ बस्नेहरुलाई सुरक्षित स्थानमा सर्न अपिल गरिएको छ,’ उनले भने।खोलाको छेउछाउका बस्ती जोखिममा परेपछि प्रहरीले उद्धार टोलीलाई ‘अलर्ट’ राखेको छ। कलंकी मालपोत क्षेत्रमा उद्धार टोली बाढी क्षेत्रमा खटिइरहेको बोगटीले बताए।