काठमाडौंको एक घरमा सोमबार राति गोली प्रहार
काठमाडौं १४ श्रावण । काठमाडौंको एक घरमा सोमबार राति गोली प्रहार भएको छ। काठमाडौंको कलंकीमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा सोमबार राति गोली प्रहार भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले गोली प्रहार भएको पुष्टि गर्दै भने, ‘तीन तले घरको तेस्रो तलामा गोली प्रहार भएको देखिन्छ हामीले अनुसन्धान गरिरहेका छौं।’ प्रहरीले घटनास्थलबाट एक राउण्ड सानो गोली बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली हान्नेको खोजी भइरहेको जनाएको छ।