काठमाण्डौको चाबहिल–गोकर्ण सडकखण्डमा खाल्डैखाल्डा हुदा सवारीसाधन र यात्रूहरुलाई सस्ती
काठमाडौं, ३० असार । राजधानीको चाबहिल–गोकर्ण सडक खण्डमा ठूल्ठूला खाल्डैखाल्डामा जमेको पानी र रोपाइँ गर्न मिल्ने जस्तो हिलो जमेको हुदा यस क्षेत्रका बासिन्दालाई घाम लाग्दा धूलोधूवाँ अनि पानी पर्दा हिँड्नै मुस्किल पर्ने हिलोले सास्ती भोगी रहेका छन ।
मनसुन शुरू भएयता स–साना बालबालिकालाई बिहान स्कूलसम्म जान पनि मुस्किल पर्ने गरेको छ । स्थानीय मात्र होइन सुन्दरीजल घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि यो समस्याबाट पीडित छन् । बर्षामा मात्र हौइन बर्षा परेसकेपछि करि एक हप्ता सम्म पनि खाल्डोको पानी जमी रहदा सो समस्या झोल्नु परेको छ ।चाबहिलका आसपास क्षेत्रमा सडक खण्डमा ठूल्ठूला खाल्डा, खाल्डा छन । चाबहिल चोक देखि उता गोकर्ण सडक खण्डमा ठूल्ठूला खाल्डैखाल्डामा पानी जमीरहदा यात्रू हरुले समास्या झोल्नु परेको छ ।
चाबहिल–गोकर्ण सडक खण्ड भएर प्रदेश सांसद कृष्ण राई यही बाटोबाट दैनिक यात्रा गर्छन् । उनले समेत सडकको स्तरोन्नतिमा कुनै योगदान नगरेको स्थानीयहरुले आरोप समेत लगाएका छन ।
प्रदेश सांसद राई र गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे, बीचको जुँगाको लडाईंका कारण सडक स्तारोन्नतिले गति लिन नसकेको स्थानीय भनाई रहेको छ ।