म आफै लज्जित हुनुपर्यो, प्रधानमन्त्री यसमा क्षमाप्रार्थी छु ।
काठमाडौं २६ असार,। प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताएका छन् । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उनले यसबारे खोजबिन भइरहेको जान्कारी दिएका छन ।
प्रधानमन्त्री ओलीले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताए । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोदिएको छ’ ,’ उनले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु ।’
ओलीले आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी हो भन्ने बुझ्ने काम भइरहेको बताए ।नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्रीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने बताएकाछन ।