भौतिक पूर्वाधार तथा यातायातमन्त्री द्धारा आयोजित कार्यक्रमको भिडियो खिच्न सञ्चार माध्यमहरुलाई रोक
काठमाण्डौ २९ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न सञ्चार माध्यमहरुलाई रोक लगाउनु भएको छ ।
मन्त्री महासेठले आइतबार आफ्नै मन्त्रालयमा अवरुद्ध काठमाण्डौ–नुवाकोट सडक सञ्चालनका लागि ज्ञापन पत्र बुझाउन गएका नेपाली कांग्रेस जिल्ला कार्य समिति, नुवाकोटको ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका सञ्चारकर्मीहरुलाई भिडियो खिच्न रोक लगाउनु भएको हो ।
मन्त्री लेआफ्नो कार्यकक्षबाट कार्यक्रम स्थलमा प्रवेश गर्नेबित्तिकै उहाँले आक्रामक शैलीमा क्यामेरातर्फ औंलो ठड्याउँदै क्यामेरा बन्द गर्न सचेत गराउनु भएको छ । ‘यसरी भिडियो लिन हुन्न,भनि मन्त्री महासेठले आक्रामक शैलीमा ‘क्यामरा बन्द गर्नुस्, फोटो लिनुस्, यसरी भिडियो लिन पाईदैन ।
कानुनमार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना समेतथ भईरहेको छ।यही बेला मन्त्री महासेठले आदेशको शैलीमा आफू सहभागी कार्यक्रमको भिडियो खिच्न रोक लगाउनु छ । मन्त्री महासेठले संचार माध्यामहरुलाई भिडियो खिच्न पाइृदैन भने पनि त्यसको कारण भने बताउन चाहनु भएन ।