खस राज्य जुम्लाको सिंजामा खस सव्यता लोप
जुम्ला: नेपाली भाषाको जननी भूमि खस राज्य जुम्लाको सिंजामा खस सव्यता लोप हुने भएपछि बाईसे र चौबीसे राज्यको पालामा जुम्लाको खस राज्य सिंजा एक बलियो राज्य भएको इतिहासमा पनि उल्लेख भएको पाइन्छ। नेपाल एकीकरण अभियानमा लागेका नेपालका एक मात्र देश निर्माता पृथ्वी नारायण शाहलाई पनि खस राज्य सिंजा जुम्ला जित्नको लागि हम्मेहम्मे परेको इतिहासमा उल्लेख छ। सम्भावनाले भरिपूर्ण ‘कर्णाली’ आजको वर्तमान विश्व मानचित्रमा गरिब, पछौटेपन, रोग, भोग र परनिर्भरताको पर्यायका रूपमा खडा गरिएको ‘मागी खाने भाँडोे’ बनाइएको छ जुन कर्णालीको लागि दुभाग्य नै हो।
त्यसको जिम्मेवार हाम्रा राज्यसत्ता, राजनीतिक पार्टी र एनजीओ र आईएनजीओहरू नै हुन्, कर्णालीको भव्यता र समवनालाई खर्लक्कै कालो पर्दामा लुकाएर जबर्जस्त मगन्ते बनाउने विभिन्न कारकतत्व हुन्। यस क्षेत्रको भाषा, संस्कृति र सभ्यताका साथै ऐतिहासिक वैभव र यसले त्यस क्षेत्रका सभ्यता र संस्कृतिको आत्मसम्मान र गर्व बोधका साथै सम्मान र मर्यादा गराउँदछ। तर यस्ता इतिहासिक, पुरातात्विक महत्व बोकेका सम्पदाहरु प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्। जुम्लालगायत कर्णाली क्षेत्रमा बूढापाकाले खस भाषा बोल्ने गरे पनि युवा पुस्तामा खस भाषाको आकर्षण देखिँदैन।