अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, एआई उद्योगको भविष्यप्रति लगानीकर्ता चिन्तित
अमेरिकाको प्रमुख सेयर बजार सूचकाङ्क एस एन्ड पी ५०० गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ । कृत्रिम बौद्धिकता (एआई) उद्योगका चुनौती र भविष्यप्रति लगानीकर्ताको चिन्ता बढेसँगै बजारमा गिरावट आएको हो ।
वाल स्ट्रिटको भाषामा यस्तो गिरावटलाई ‘करेक्शन’ अर्थात् बजार सुधार भनिन्छ । विश्लेषकहरूका अनुसार सेयरको मूल्य वास्तविक आर्थिक अवस्थाभन्दा अत्यधिक बढेको अवस्थामा हुने यस्तो गिरावटले बजारलाई सन्तुलित बनाउन सहयोग गर्छ ।
सामान्यतया कुनै सेयर बजार सूचकाङ्क आफ्नो उच्चतम बिन्दुबाट १० प्रतिशत घटेमा ‘करेक्शन’ र २० प्रतिशत वा सोभन्दा बढी घटेमा ‘बियर मार्केट’ भनिन्छ ।
पछिल्लो गिरावटले एआई उद्योगको तीव्र विस्तार, प्रविधि कम्पनीका चुनौती र भविष्यको सम्भावनाबारे लगानीकर्तामाझ अनिश्चितता बढाएको छ । यद्यपि, १० प्रतिशतको गिरावटलाई मात्रै बजार मन्दी सुरु भएको संकेतका रूपमा लिन नमिल्ने विश्लेषकहरूको भनाइ छ ।