रवि बोपाराले पूरा गरे टी–२० क्रिकेटमा ५०० खेल, चितवन राइनोजद्वारा बधाई
चितवन राइनोजका अनुभवी खेलाडी रवि बोपाराले टी–२० क्रिकेटमा ५०० खेल पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् ।
इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर बोपाराले विश्वभरका विभिन्न टी–२० फ्रेन्चाइज लिगमा लामो समयदेखि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । ५०० टी–२० खेल पूरा गरेसँगै उनले आफ्नो क्रिकेट करियरमा अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गरेका हुन् ।
चितवन राइनोजले सामाजिक सञ्जालमार्फत बोपाराको यो उपलब्धिको प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
क्लबले विश्वभरका टी–२० फ्रेन्चाइज प्रतियोगितामा उनको लामो यात्रालाई क्रिकेट इतिहासमा विशिष्ट विरासतका रूपमा उल्लेख गरेको छ ।
बोपारा हाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेलिरहेका छन् । अनुभवी अलराउन्डरका रूपमा परिचित उनले अन्तर्राष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् ।