उपत्यकामा एकैदिन २ हजार बढी सवारी चालक कारबाहीमा
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले एकैदिन २ हजार ५५ सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ। कारबाहीबाट २२ लाख ११ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
कारबाहीमा मादक पदार्थ सेवन गर्ने ८३, नियमविपरीत राइड सेयरिङ गर्ने १९२, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १०९ र तीव्र गतिमा सवारी चलाउने १०२ जना परेका छन्।
यस्तै, लेन अनुशासन उल्लङ्घन, निषेधित क्षेत्रमा हर्न बजाउने, फुटपाथमा पार्किङ गर्ने, एकतर्फी सडकमा सवारी चलाउने लगायतका कसुरमा अन्य चालकहरूलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।