राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बुधबार बिहान बस्ने भएको छ ।
सोही बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने भएको हो ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।