चन्द्रागिरिको केबलकार रोकिँदा अड्किए राष्ट्रिय सभाका अध्यक्ष
चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर बीचमै अड्किएका छन् ।
तिमल्सिना पारिवारिक घुमघामका लागि चन्द्रागिरि गएका थिए ।
केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ ।