छोरीले ३ स्वर्ण जितेपछि आमा खुसी
मनकुमारी परियार-नाम जस्तै मनकारी । राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन्। उनले सोचिनकी अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ?
जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुगिन् त्यसपछि छाँगाबाट खसे झैँ भइन् उनी । कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी थिए । दोधारमा परिन् मनकुमारी । जाउ कहाँ जाउ ? गुहार मागू कसलाई ? भएन भनेर कोखका सन्तान जन्मने प्रक्रियामा थियो । मनकुमारीले अठोट गर्नुभयो जस्तै दुःख सहेर भए पनि अब म यसैका निम्ति बाँच्नुपर्छ ।