बुटवलमा साढे ३ किलोमिटर सडक ६ वर्षमा पनि बनेन
बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको ६ लेन सडक विस्तार ठेकेदारको चरम लापरवाहीका कारण दुई पटक थपिएको म्याद भित्र पनि पूरा नहुने भएको छ ।
बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो ।निर्माणाधीन सडक वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य भएर सडक प्रयोगकर्ताले सास्ती ब्यहोरिरहेका छन् । सडक निर्माण पूरा नहुँदा चौराहादेखि आदर्शनगर चोक (पाल्पारोड) सम्मको सडक हिलाम्य र धुलाम्य छ ।