रेमण्ड सपका सञ्चालकविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा
(काठमाडौं) ठगी आरोपमा पक्राउ परेका रेमण्ड सपका सञ्चालक सञ्जय अधिकारीमाथिको अनुसन्धान प्रहरीले सकेको छ । अधिकारी ठगी सम्बन्धी कसुरमा दोषी रहेको निष्कर्ष निकाल्दै काठमाडौं प्रहरी परिसर, टेकुले अनुसन्धान सकेको हो ।
अनुसन्धान सकिएपछि प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको डीएसपी प्रतिक विष्टले बताए । उनले भने, ‘सरकारी वकिललाई प्रतिवेदन बुझाइसकेका छौं, थप कानुनी प्रक्रिया त्यहीँबाट अघि बढ्छ ।’