प्रधानमन्त्री बालेनलाई भारतमा ‘गार्ड अफ अनर’, मोदीले गरे अङ्कमालसहित स्वागत
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शाहलाई उक्त राजकीय सम्मान दिइएको हो ।
गार्ड अफ अनरअघि राष्ट्रपति भवन परिसरमा मोदीले प्रधानमन्त्री शाहलाई अङ्कमाल गर्दै स्वागत गरेका थिए । शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले उनलाई न्यानो स्वागत गरेका हुन् ।