हरिबोधिनी एकादशी : पशुपतिनाथस्थित बागमती नदीमा टाँगियो फूलको तोरण
आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा फूलको तोरण टाँगिएको छ। यस दिन नदी वारपार फूलको माला टाँग्ने परम्परालाई ‘फूल तार्ने’ भनिन्छ।
हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ। यस अवसरमा देशभरका नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
हरिबोधिनी एकादशीका दिन घरघरमा रोपेर पूजा गरिएको तुलसीको भगवान् दामोदरसँग विवाह गराउने परम्परा पनि छ। यसका लागि तुलसीको मठलाई गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ। त्यसपछि निगालो गाडेर भगवान् विष्णुको प्रतीक दामोदरका रूपमा तुलसीसँग विवाह गराउने धार्मिक चलन रहेको छ।