रास्वपाले सुरु गर्दै ‘हामी सुन्छौँ’ अभियान
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार आगामी साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’मा अभियान सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए।
अभियानअन्तर्गत नागरिकका समस्या, गुनासा र सुझाव संकलन तथा आवश्यक सहजीकरण गर्न प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।
रास्वपाले अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवाद बढाउने र प्राप्त सुझावलाई पार्टीको कामकारबाहीमा समेट्ने जनाएको छ।