विश्वकप फाइनलअघि अर्जेन्टिनालाई इजरायली प्रधानमन्त्री नेतान्याहुको समर्थन
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनाको राष्ट्रिय टोलीलाई आफ्नो समर्थन रहने घोषणा गरेका छन्। स्पेनविरुद्धको फाइनल खेलअघि अर्जेन्टिनाका लागि इजरायली राजदूतसँग भएको भेटमा टोलीको जर्सी ग्रहण गर्दै उनले अर्जेन्टिनालाई शुभकामना दिएका हुन्।
भेटका क्रममा नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईलाई इजरायलको ‘सच्चा र महान् मित्र’को संज्ञा दिँदै दुवै देशबीचको सम्बन्ध पछिल्लो समय थप सुदृढ भएको बताए। उनले इजरायलले विभिन्न क्षेत्रमा अर्जेन्टिनासँग सहकार्य गरिरहेको उल्लेख गर्दै विश्वकप फाइनलमा पनि आफ्नो समर्थन अर्जेन्टिनालाई रहने स्पष्ट पारे।
पछिल्लो समय राष्ट्रपति मिलेईले इजरायलसँगको कूटनीतिक सम्बन्धलाई प्राथमिकता दिएका छन्। यही पृष्ठभूमिमा नेतान्याहुको सार्वजनिक समर्थनलाई विश्वकप फाइनलअघि खेल र कूटनीतिक सम्बन्ध दुवैसँग जोडेर हेरिएको छ।