कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीको राजीनामा स्वीकृत
कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनको राजीनामा स्वीकृत गरेका हुन्।
बुढाथोकीले मंगलबार साँझ राजीनामाका लागि निवेदन पेस गरेका थिए । उनले ६५ वर्ष नाघेसँगै पदबाट राजीनामा दिएका हुन्। तर राजीनामा निवेदनमा उनले घरायसी कारण भनेर उल्लेख गरेको स्वीकृत पत्रमा उल्लेख छ।
६५ वर्ष उमेर पूरा भए पनि पदमा टाँसिरहन सङ्घर्ष गरिरहेका बुढाथोकीको विषयमा सञ्चार माध्यम र सार्वजनिक रूपमा व्यापक प्रश्न उठेको थियो । चर्को दबाबपछि अन्ततः उनी राजीनामा दिन तयार भएका हुन् ।