दासढुंगामा रोकेर राखेको ट्याङ्करसँग बस ठोक्किँदा १३ जना घाइते
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा रोकेर राखेको तेल ट्याङ्करमा बस ठोक्किएको छ । ना.६ ख. ७०३६ नम्बरको बसले सडकमा रोकेर राखेको ना.४ ख.२५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको हो ।
दुर्घटनामा १३ जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी डिल्लीनारायण पाण्डेले बताए ।
दुर्घटनामा परेका एक जना घाइतेको अवस्था गम्भीर छ । बस वीरगन्ज बाट काठमाडौँ आउँदै थियो । घाइतेहरूको नेशनल सिटी अस्पताल र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।