प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन– २०८२ प्रतिनिधिसभामा पेस गरिएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट उक्त प्रस्ताव कृषि तथा पशुपंक्षी विकास मन्त्री गीता चौधरीले पेस गरेकी हुन् ।
त्यसैगरी बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पेस गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही चैत्र २७ गते शुक्रवार अपराह्न ४ बजे बोलाइएको छ ।