पूर्व मिस नेपाल उषा खड्गीको जाहेरीमा जीपी तिमल्सिना पक्राउ
सञ्चारकर्मी जीपी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । तिमल्सिनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
उनी विरुद्ध पूर्वपत्नी तथा पूर्व मिस नेपाल उषा खड्गीले प्रहरीमा जाहेरी दिएकी थिइन् । अभद्र व्यवहार, धाकधम्की तथा कुटपिटको प्रयास गरेको आरोप सहित जाहेरी दिएपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो ।
छलफलबाट विवाद नटुंगिएपछि कानुनी कारबाहीका लागी तिमल्सिनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले बताए ।