नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिएका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।