रामेछाप बस दुर्घटना अपडेट : मृतक १०, घाइते ८
काठमाडौँ । रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुगेको छ भने ८ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय रामेछापका अनुसार दुर्घटनामा परेका घाइतेहरूको उद्धार गरी नजिकका अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको अरनिको यातायातको बस रामेछापको मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो।
रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार उद्धार कार्य जारी रहेको छ भने केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।